सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबलको पहिलो क्वार्टरफाइनल

गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त

शुक्रबार, २१ असार २०८१, ०८ : ४४
शुक्रबार, २१ असार २०८१

काठमाडौँ । १७औँ युरोकप फुटबलको क्वार्टरफाइनल चरणको खेल शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक राष्ट्र जर्मनीको सामना गर्दै छ । उक्त खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । 

युरोकपको इतिहासमा यी दुई राष्ट्रबिच धेरै कुरामा समानता देखिन्छ । जारी संस्करणमा पनि स्पेन र जर्मनी दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर दुर्भाग्य, अन्तिम आठ चरणमै आपसमा भिडन्त गर्नुपर्ने अवस्था सृजना भएपछि यो खेलले एउटा टोलीलाई सेमिफाइनलमा पुर्याउने छ भने अर्को टोलीलाई उपाधि होडबाट बाहिर धकेल्ने छ । 

जारी युरोकपमा स्पेन हालसम्म पराजित छ । स्पेनले चार खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले हराएको थियो । 

आफ्नो दोस्रो खेलमा स्पनेले साबिक विजेतासमेत रहेको इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो ।  

प्रि–क्वार्टरफाइनल खेलमा भने स्पेनले जर्जियामाथि ४–१ गोलको सजिलो जित हात पारेको थियो । स्पेनले समूहगत चरणमा पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । समग्रमा स्पेनले हालसम्म नौ गोल गरिसकेको छ भने केवल एक गोल खाएको छ । यो तथ्याङ्कले स्पेनलाई जारी युरोकपमा निकै बलियो टोलीको रूपमा उभ्याएको छ । 

अर्कोतिर, जर्मनी पनि यो विश्वकपमा लयमा देखिन्छ । जर्मनीले पनि हालसम्म कुनै खेलमा हार भोगेको छैन । घरेलु मैदानमा खेल्ने अवसर पाएको जर्मनी पनि समूहगत चरणमा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो । 

युरोकपको इतिहासमा यी दुई राष्ट्रबिच धेरै कुरामा समानता देखिन्छ । जारी संस्करणमा पनि स्पेन र जर्मनी दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर दुर्भाग्य, अन्तिम आठ चरणमै आपसमा भिडन्त गर्नुपर्ने अवस्था सृजना भएपछि यो खेलले एउटा टोलीलाई सेमिफाइनलमा पुर्याउने छ भने अर्को टोलीलाई उपाधि होडबाट बाहिर धकेल्ने छ ।

प्रारम्भिक चरणमा जर्मनी समूह ‘ए’ मा परेको थियो । जर्मनीले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । जर्मनीले पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ गोलले र दोस्रो खेलमा हंगेरीलाई २–० गोलले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने जर्मनीको टोली स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । 

समूहगत चरणको खेलमा जर्मनीले कुल आठ गोल गरेको थियो भने दुई गोल खाएको थियो । जर्मनीले प्रि–क्वार्टरफाइनल खेलमा भने बलियो प्रतिद्वन्द्वी डेनमार्कमाथि २–० गोलको जित हात पारेको थियो । यस आधारमा जर्मनीले हालसम्म कुल १० गोल गरेको छ भने केवल दुई गोल खाएको छ । 

यो तथ्याङ्कले जर्मनीलाई पनि स्पेनभन्दा कुनै अर्थमा कम देखाउँदैन । विश्व फुटबल महासङ्घद्वारा जारी पछिल्लो वरीयतामा भने जर्मनीभन्दा स्पेन केही माथि रहेको छ । उक्त वरीयतामा स्पेन आठौँ र जर्मनी १६औँ वरीयतामा रहेका छन् । 

रमाइलो संयोग के हो भने, युरोकपको इतिहासमा यी दुवै राष्ट्रले संयुक्त रूपमा सबैभन्दा बढी उपाधि चुमेका छन् । जर्मनी र स्पेनले हालसम्म तीन–तीन पटक युरोकपको उपाधि जितेका छन् । जर्मनी तीन पटक र स्पेन एक पटक उप–विजेता पनि बनेका छन् । 

स्पेन युरोकप फुटबल प्रतियोगितामा जर्मनीपछि सबैभन्दा बढीपटक सहभागिता जनाउने राष्ट्र हो । युरोकपमा स्पेनको यो १२औँ सहभागिता हो । स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकपमा भाग लिएको थियो । युरोकपको त्यो दोस्रो संस्करण थियो ।

स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत सङ्घलाई २–१ गोलले हराएको थियो । त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि उचालेको थियो । 

त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई नै १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । 

स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन सन् १९८४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा स्पेनको टोलीलाई फ्रान्सले २–० गोलले हराएको थियो । 

यसैगरी युरोकप फुटबलमा जर्मनीको यो १४औँ सहभागिता हो । जर्मनी युरोकपको सबैभन्दा बढी संस्करण खेल्न राष्ट्र पनि हो । जर्मनीले सन् १९७२ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो । त्यतिबेला जर्मनीले पश्चिम जर्मनीको नाममा युरोकप खेलेको थियो । 

हालसम्म जर्मनीले तीपटक युरोकपको उपाधि चुमिसकेको छ । आफ्नो पहिलो सहभागितामै पश्चिम जर्मनले उपाधि चुमेको थियो । त्यतिबेला पश्चिम जर्मनीले फाइनलमा तत्कालीन सोभियत सङ्घलाई ३–० गोलले हराएको थियो । 

जारी युरोकपको छनोट प्रतियोगितामा पनि स्पेनको प्रदर्शन उत्कृष्ट थियो । स्पेन आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो । स्पेनले आफूले खेलेको आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । 

जर्मनीले सन् १९८० र सन् १९९६ मा पनि युरोकपको उपाधि उचालेको थियो । सन् १९८० को युरोकपको फाइनलमा तत्कालीन पश्चिम जर्मनीले बेल्जियमलाई २–१ गोलले हराएको थियो । सन् १९९६ को युरोकपको फाइनलमा भने जर्मनीले चेक गणतन्त्रलाई पराजित गरेको थियो । 

जर्मनी तीनपटक युरोकपको फाइनलमा पराजित भएको छ । सन् १९७६ को युरोकपको फाइनलमा चेकोस्लोभाकियाले पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । सन् १९९२ को युरोकपको फाइनलमा भने डेनमार्कले नै जर्मनीलाई २–० गोलले पराजित गरेको थियो । 

यसैगरी सन् २००८ को युरोकपको फाइनलमा स्पेनले जर्मनीलाई १–० गोलले पाखा लगाएको थियो । सन् २०१२ र सन् २०१६ को युरोकपमा भने जर्मनी सेमिफाइनलमै पराजित भएको थियो । युरोकपमा जर्मनीको इतिहास निकै गौरवशाली देखिन्छ ।

जारी युरोकपको छनोट प्रतियोगितामा पनि स्पेनको प्रदर्शन उत्कृष्ट थियो । स्पेन आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो । स्पेनले आफूले खेलेको आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । 

विश्व फुटबलका यी दुई महारथी एक–अर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म २६ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये नौ खेलमा जर्मनीले स्पेनलाई हराएको छ । आठ खेलमा स्पेनले जर्मनीलाई पराजयको स्वाद चखाएको छ । नौ खेल भने बराबरीमा सकिएको छ ।

छनोट प्रतियोगितामा स्पेनले कुल २५ गोल गरेको थियो भने केवल पाँच गोल खाएको थियो । छनोट चरणको खेलमा स्पेनका लागि जोसेलु र अल्भारो मोराटाले चार–चार गोल गरेका थिए । जारी युरोकपमा स्पेनका लागि हालसम्म फाबियन रुइजले दुई गोल गरेका छन् । जर्मनीले भने यसपटक आयोजक राष्ट्रका रूपमा युरोकपमा सहभागिता जनाएको हो । जारी युरोकपमा जर्मनीका लागि जमाल मुसिलाले सर्वाधिक तीन गोल गरिसकेका छन् । 

विश्व फुटबलका यी दुई महारथी एक–अर्काका निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच हालसम्म २६ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये नौ खेलमा जर्मनीले स्पेनलाई हराएको छ । आठ खेलमा स्पेनले जर्मनीलाई पराजयको स्वाद चखाएको छ । नौ खेल भने बराबरीमा सकिएको छ ।

स्पेन र जर्मनीबिच पहिलो भिडन्त सन् १९३५ को मे १२ तारिखमा भएको थियो । त्यो खेलमा स्पेनले जर्मनीलाई २–१ गोलले हराएको थियो । यी दुई राष्ट्रबिच अन्तिम भिडन्त भने सन् २०२२ को नोभेम्बर २७ तारिखमा अन्तिम पटक भिडन्त भएको थियो । विश्वकप अन्तर्गतको त्यो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 

जारी युरोकपमा स्पेनिस टोली लुइस डे ला फुएन्टको प्रशिक्षकत्वमा रहेको छ । स्पेनिस टोलीमा एट्लेटिको म्याड्रिडका अल्भारो मोराटा (कप्तान), रियल म्याड्रिडका नाचो र डानी कार्भाजल, आर्सनलका डेभिड राया (गोलरक्षक), बार्सिलोनाका फेरन टोरेस, पेड्री, फर्मिन लोपेज र लामिन यामललगायतका प्रभावशाली खेलाडी छन् । 

जारी युरोकपमा जर्मनी जुलियन नगेल्सम्यानको प्रशिक्षकत्वमा छ । जर्मनीको टोलीमा बायर्न म्युनिखका म्यानुएल नेउर (गोलरक्षक), रियल म्याड्रिडका एन्टोनियो रुडिगर, बायर्न म्युनिखका जोसुआ किमिच, रियल म्याड्रिडका टोनी क्रुस, बायर्न म्युनिखका थोमस मुल्लर र लेरोय साने तथा बार्सिलोनाका ईल्की गुन्डोगन (कप्तान) जस्ता प्रभावशाली खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप