बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहमतिपछि वडा कार्यालयमा लगाइएको ताला खुल्यो

बिहीबार, २० असार २०८१, २२ : ३१
बिहीबार, २० असार २०८१

गण्डकी । डुबान प्रकोपको दीर्घकालीन नियन्त्रणको मागसहित पोखरा महानगरपालिका–३२ का स्थानीयले ताला खोलेका छन् ।  पोखरा महानगरपालिका–३२ को ठूलो पाटन, म्याग्दी टोल, लाहुरे टोल, कालिका नगर, मझुुवा र लामेआहालका स्थानीयले बुधबार उक्त क्षेत्रमा प्रत्येक वर्षको वर्षातमा बस्ती डुबानमा परिरहे पनि त्यसको समाधान हुन नसकेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । 

स्थानीयवासी र वडा कार्यालयबीच समस्या समाधानका लागि तत्काल हल गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष एवं प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए ।

वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले साउनको पहिलो हप्ताबाट काम सुरु गरी १५ दिनभित्रमा काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप