आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

रारा तालमा डुबेर युवकको मृत्यु

बिहीबार, २० असार २०८१, २२ : ०४
बिहीबार, २० असार २०८१

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर आज मृत्यु  भएको प्रहरीले जनाएको छ ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए ।  अरु चार जना साथीसँग घर फर्कने क्रममा उहाँसहित अरु साथीहरुसँग तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उहाँका काका नरेन्द्र रावलले जानकारी दिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली  सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र  जिल्ला  प्रहरी  कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।

घटनाको मुचुल्का पछि शव परीक्षणका लागी जिल्ला अस्पताल  लगिएको जिल्ला  प्रहरी  कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक  वीरेन्द्र थापाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप