मन्त्रालय छाड्दै गर्दा मन्त्री महासेठले गरे अख्तियारको दुरुपयोग

काठमाडौँ । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार यातायात मन्त्री रघुवीर महासेठले आफूले मन्त्रालय छाड्दै गर्दा अख्तियारको दुरुपयोग गरी आफू अनुकूलका व्यक्तिहरूलाई लाभान्वित हुने निर्णय गरेर बाहिरिएका छन् ।
मन्त्रालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट महासेठ बाहिरिँदै गर्दा अमेरिकी परियोजना एमसीएको वैदेशिक तालिम कार्यक्रममा आफ्ना मान्छेलाई छनोट गरी पदीय अख्तियारीको दुरुपयोग गरेका हुन् ।
उक्त परियोजनाको प्रशिक्षार्थीका नाममा योजनासँग असम्बन्धित पदाधिकारीले जथाभाबी आफू र आफ्नालाई छनौट गरेसँगै उक्त छनौट प्रक्रिया विवादास्पद बन्न पुगेको छ ।
जुन निर्णयका आधारमा अमेरिकी परियोजनाको दाङ–लमही–भालुवाङ सडक अन्तर्गत फुल डेप्थ रिक्लेमेसन र सुपर पेभ प्रविधिबाट सडक निर्माणका लागि क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत अमेरिका मा हुने तालिममा असम्बन्धित प्रशिक्षार्थीलाई लैजान लागेको बुझिएको छ ।
महासेठका कारण विगतमा पटक पटक वैदेशिक तालिम लिएका, एक आव मै २ पटक भन्दा बढीसम्म अवसर पाएकाहरू फेरि अमेरिका जान छनौट भएका छन् । इन्जिनियर जानुपर्ने कार्यक्रममा महासेठले आफू निकटका उपमहानिर्देशक ललिजन खनाल, कालिगण्डकी कोरिडोर योजना प्रमुख कल्पना अधिकारीलगायतलाई छनौट गरेका छन् ।
अमेरिकी सरकारको सहयोगमा सञ्चालित परियोजनामा अवाञ्छित लाभ लिई नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरूले गरेको यो हर्कतले सहयोगको दुरुपयोग भएको र राज्यको शिर निहुरिएको चर्चा मन्त्रालयमा चर्चा छ । मन्त्री महासेठले मन्त्रालयबाट बिदा भएर जानुभन्दा केही दिन पहिला मात्र निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?
-
हेटौँडाबाट पेस्तोल, सुन र लागु औषधसहित ४ जना पक्राउ
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)