आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

टिभिएस कल्टको दोस्रो राइड सफलतापूर्वक सम्पन्न

बिहीबार, २० असार २०८१, २१ : १६
बिहीबार, २० असार २०८१

काठमाडौँ । टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले दोस्रो वार्षिकोत्सव यात्रा शनिबार सम्पन्न भएको छ । टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टसम्मको राइडमा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरूको सहभागिता थियो ।

यसमा एक मात्र महिला राइडर रोनीशा महर्जन पनि सहभागी थिइन् । यो कार्यक्रम  असार १५ को संयोगमा परेको थियो, जुन रोपाइँ दिवसको रूपमा पनि मनाइन्छ । राइडरहरू चुनिखेल–१०, बूढानीलकण्ठमा आयोजित ‘धान रोपाइँ कार्यक्रम’ पनि सहभागी भएका थिए ।

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए । मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरेका थिए । रोनीन कल्ट समुदायमा ४ सयभन्दा बढीले सदस्यता पाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप