आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

टियागो ईभी मनसुन मेला : पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने

बिहीबार, २० असार २०८१, २१ : ११
बिहीबार, २० असार २०८१

काठमाडौँ । नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभी साट्न सकिनेछ । 

टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरि रहेका शोरुममा यही असार २१ गते देखि २३ गतेसम्म एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । मेला बिहान ९ बजे देखि राति ९ बजेसम्म चल्नेछ ।  

यस मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधाहरूको फाइदा लिन सक्नेछन् । 

साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरू पनि पाउन सक्नुहुनेछ । उल्लेखित अफरहरू मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप