आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

बिहीबार, २० असार २०८१, १९ : ५८
बिहीबार, २० असार २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् । 

प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसदमा गर्छु भन्नु भएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप