आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
कोपा–अमेरिकाको पहिलो क्वार्टरफाइनल

१५ पटकको च्याम्पियन अर्जेन्टिनालाई पहिलो उपाधिको खोजीमा रहेको इक्वेडरको चुनौती

बिहीबार, २० असार २०८१, १८ : ५२
बिहीबार, २० असार २०८१

(विश्व फुटबलमा अर्जेन्टिना र इक्वेडर निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबिच हालसम्म कुल ४० खेल खेलिएको छ । यो तथ्याङ्कमा पनि अर्जेन्टिनाभन्दा इक्वेडर निकै कमजोर देखिन्छ । अर्जेन्टिनाले २४ खेलमा इक्वेडरलाई हराएको छ । इक्वेडरले पाँच खेलमा मात्र अर्जेन्टिनालाई हराउन सकेको छ । सन् १९४२ को जनवरी २२ मा खेलिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १२–० गोलको फराकिलो अन्तरले हराएको थियो ।)

काठमाडौँ । शुक्रबारको खेल

  • अर्जेन्टिनाविरुद्ध इक्वेडर (बिहान ०६ः४५ बजे) 

कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करणमा क्वार्टरफाइनल चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार बलियो अर्जेन्टिना र इक्वेडर आपसमा भिड्दै छन् । खेल नेपाली समय अनुसार, बिहान ०६ः४५ बजे सुरु हुनेछ । 

विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा–अमेरिकामा इक्वेडरभन्दा अर्जेन्टिना निकै बलियो टोली हो । जारी संस्करणमा पनि अर्जेन्टिनाको प्रदर्शन उत्कृष्ट छ । यो संस्करणमा अर्जेन्टिना हालसम्म अपराजित छ ।

2159877488.0

प्रारम्भिक चरणमा अर्जेन्टिना समूह ‘ए’ मा परेको थियो । अर्जेन्टिना आफ्नो समूहको विजेता बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई २–०, दोस्रो खेलमा चिलीलाई १–० र तेस्रो खेलमा पेरुलाई २–० गोलले हराएको थियो । 

अर्कोतिर, इक्वेडर भने आफ्नो समूहको उप–विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । इक्वेडर समूह ‘बी’ मा परेको थियो । इक्वेडरले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।

आफ्नो पहिलो खेलमा इक्वेडरको टोली बलियो प्रतिद्वन्द्वी भेनेजुएलासँग १–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भने इक्वेडरले जमैकालाई ३–१ गोलले पराजित गरेको थियो । तेस्रो खेलमा इक्वेडरको टोली मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो । आफ्नो अन्तिम खेलमा पराजित भएको भए इक्वेडर समूहगत चरणबाटै बाहिरिने निश्चित थियो । 

copa-america-equador-elimina-mexico-e-marca-encontro-com-arg

विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा पनि इक्वेडरभन्दा अर्जेन्टिना निकै अगाडि छ । पछिल्लो वरीयतामा अर्जेन्टिना पहिलो स्थानमा आसीन छ । इक्वेडर भने पछिल्लो वरीयताको ३०औँ स्थानमा रहेको छ । 

अर्जेन्टिनाले कोपा–अमेरिकामा फुटबलमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । अर्जेन्टिना सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि हो । हालसम्म अर्जेन्टिनाले १५ पटक उपाधि चुमिसकेको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा भने अर्जेन्टिना उप–विजेता बनेको थियो । अर्जेन्टिनाका अतिरिक्त उरुग्वेले मात्र १५ पटक कोपा–अमेरिकाको उपाधि जित्न सकेको छ । अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ । अर्जेन्टिनाले सन् १९२१ मा पहिलो पटक र सन् २०२१ मा अन्तिम पटक कोपा–अमेरिकाको उपाधि उचालेको थियो । 

इक्वेडर भने हालसम्म कोपा–अमेरिकाको सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । इक्वेडर दुईपटक कोपा–अमेरिकाको चौथो स्थानमा समेटिएको छ । इक्वेडरको टोली सन् १९५९ र सन् १९९३ मा चौथो भएको थियो ।

जारी सिजनको कोपा–अमेरिकामा अर्जेन्टिनाका लाउटारो मार्टिनेज सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले हालसम्म चार गोल गरिसकेका छन् । उनले पेरुविरुद्धको खेलमा दुई तथा अन्य दुई खेलमा एक–एक गोल गरेका थिए । 

mryiwxojqjlq

विश्व फुटबलमा अर्जेन्टिना र इक्वेडर निकै पुराना प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबिच हालसम्म कुल ४० खेल खेलिएको छ । यो तथ्याङ्कमा पनि अर्जेन्टिनाभन्दा इक्वेडर निकै कमजोर देखिन्छ । अर्जेन्टिनाले २४ खेलमा इक्वेडरलाई हराएको छ ।

इक्वेडरले भने हालसम्म पाँच खेलमा मात्र अर्जेन्टिनालाई हराउन सकेको छ । बाँकी ११ खेल भने बराबरीमा सकिएको छ । यी दुई राष्ट्रबिच पहिलो भिडन्त सन् १९४१ को फेब्रुअरी १६ तारिखमा भएको थियो । त्यो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ गोलले हराएको थियो । 

यी दुई टोलीबिच अन्तिम भिडन्त भने सन् २०२४ को जुन ९ तारिखमा भएको थियो । त्यो खेलमा अर्जेन्टिना १–० गोलले विजयी भएको थियो । सन् १९४२ को जनवरी २२ मा खेलिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १२–० गोलको फराकिलो अन्तरले हराएको थियो । कोपा–अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना लियोनल स्कोलोनीको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । 

argentina

समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीका लुकास मार्टिनेज, फ्रान्को अर्मानी (गोलरक्षक), गोन्जालो मोन्टियल, जर्मन पेजेल्ला, रोड्रिगो डी पल, जुलियन अल्भारेज, एन्जल डी मारिया, क्रिस्टियन रोमेरो, निकोलस गोन्जालेज, निकोलस ओटामेन्डीलगायतका प्रभावशाली खेलाडी छन् । 

यसैगरी इक्वेडरको टोलीमा फेलिक्स सान्चेज प्रमुख प्रशिक्षकको भूमिकामा छन् । कप्तानको भूमिकामा भने एनर भ्यालेन्सिया रहेका छन् । टोलीमा हर्नान गालिन्डेज (गोलरक्षक), फेलिक्स टोरेस, जोन ओर्डोनेज, विलियन पाचो, लायन लुर, कार्लोस ग्रुएजो, केभिन रोड्रिग्वेज, मोइसेस रामिरेज, एनल मिन्डा, एन्जल मेना, एलन फ्रान्को, एलेक्जेन्डर डोमिङ्ग्वेज, मोइसेस काइसेडोलगायतका खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप