झलनाथको रवैयाप्रति रामकुमारीको असन्तुष्टि

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको रवैयाप्रति नेतृ रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन् ।
बिहीबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले माधव नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र धनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको थियो ।
एकीकृत समाजवादीले बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यको शुक्रबार घोषणा गर्ने छ । तर सम्मानित नेता खनालले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सबै सर्वसम्मत भएको भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई घर पठाएको नेतृ झाँक्रीले उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्यौ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य खै त खनाल कमरेड ?’
एकीकृत समाजवादीको महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई जरिवाना गर्ने निर्णय फिर्ता लिन ‘आन्दोलन समिति’को आग्रह
-
अस्ट्रेलिया नेपाली कम्युनिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
-
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
-
कडा टक्करबिच त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघका जोशी निर्वाचित
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली