एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने

बुटवल । नेकपा एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने भएको छ ।
अनेरास्ववियुले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताए । उनले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै कमजोरी नभएको भन्दै उनले शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थी एसईई परीक्षामा फेल भएको बताए ।
अध्यक्ष ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य–मुख्य विषयहरूको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताए । उनले अनलाइन कक्षा लिनको लागि केपी शर्मा ओलीको फेसबुक पेजमा जोडिनुपर्ने बताए ।
उनले धेरै विद्यार्थीहरू अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा फेल भएको भन्दै ती विषयको अनलाइनबाट दक्ष प्रशिक्षकले अध्यापन गराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा