मुकुल ढकालको प्रतिवेदनमार्फत रवि लामिछानेलाई जनताका १० प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातदिने निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले जनस्तरबाट सभापतिमाथि नै पहिलोपटक प्रश्न उठेको बताएका छन् । ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको आफ्नो प्रतिवेदनमा ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ भन्दै जनताले उठाएका १० प्रतिनिधिमूलक प्रश्न समेटेका छन् ।
सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबबसेको ?’, सभापतिमाथि उठेको प्रश्न भन्दै पहिलो बुँदामा उनले उल्लेख गरेका छन् ।
यस्तै जीबी राईलाई समात्ने विषयमा रविले दिएको अभिव्यक्तिमा पनि प्रश्न उठाइएको छ । ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’, जनताको प्रश्न स्मरण प्रतिवेदनमार्फत गराइएको छ ।
यस्तै सभापतिलाई भेट्न समस्या भएको, सभापतिको सचिवालयमा मृदुभाषी नभएको, पार्टीमा ग्यालेक्सीको टिम धेरै भएको, सरकारमा गएपनि सचेअनुरुप फाइल नखोलिएको, सभापतिमा त्यागको भावना नभएकोलगायतको प्रश्न उठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी