पोखरामा नगदसहित गहना चोरी
बिहीबार, २० असार २०८१, १७ : ११
कास्की । पोखरा महानगरपालिकामा बिहीबार बिहान चोरी भएको छ । पोखरा महानगरपालिका-१४ सगरमाथा टोल बस्ने ५६ वर्षीया निर्मला विश्वकर्माको घरबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।
चोरले ढोकाको ताला फोडेर नगद २० हजार रुपैयाँ, अन्दाजी ५ तोला ७० लाल बराबरको सुनका विभिन्न गरगहना, १ वटा मोतीको हार र साढे १ तोला बराबरको चाँदीका गरगहना चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण