धनुषाको पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु
बिहीबार, २० असार २०८१, १७ : ०७
धनुषा । धनौजी गाउँपालिका-५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुन रहेका छन् ।
डुबेर अशक्त भएका उनीहरू मध्ये मुस्कानको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने जिनत र अजमेरीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने