आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशका एमाले मन्त्रीले राजीनामा दिने

बिहीबार, २० असार २०८१, १६ : १०
बिहीबार, २० असार २०८१

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् । 

एमालेबाट अर्थमन्त्री बनेका चेतनारायण आचार्यले मुख्यमन्त्री जोखबहादुर महारासमक्ष सामूहिक राजीनामा दिने बताए । उनले बिहीबार साझा ६ तिर राजीनामा बुझाउने तयारी रहेको बताए ।  

२०८० चैत २३ गते नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित ५ दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट ५ जना मन्त्री छन् ।

प्रमुख सत्ता साझेदार दल एमालेले केन्द्रमा कांग्रेससँग मिलेर सरकार बनाउने समझदारी गरेपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप