आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

ग्रिन हाइड्रोजनले स्वच्छ ऊर्जा रूपान्तरणमा योगदान गर्छ : मन्त्री बस्नेत

बिहीबार, २० असार २०८१, १६ : ००
बिहीबार, २० असार २०८१

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन स्वच्छ ऊर्जा रूपान्तरणमा योगदान गर्ने ठुलो सम्भावनाको रूपमा रहनसक्ने देखिएको बताएका छन् ।  

बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

मन्त्री बस्नेतले विद्युत् खरिद बिक्री सम्झौता भएका र विद्युत् उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठुलो मात्रामा उत्पादन हुने सम्भावना रहेको बताए । उनले जलविद्युतको खपतलाई बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तीव्रता दिन ग्रिन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको बताए । उनले यसको कार्यान्वयनका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदमहरू प्राथमिकताकासाथ अघि बढाइएको पनि बताए ।

मन्त्री बस्नेतले हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरूको लागि प्रतिस्पर्धामार्फत विद्युत् खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको र मूल्यांकनको प्रक्रियामा रहेको जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप