आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव

बिहीबार, २० असार २०८१, १५ : ३६
बिहीबार, २० असार २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरूको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

मन्त्री यादवले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरू दक्ष रहेको बताए । उनले सरकारले चिकित्सकहरूसँग स्वच्छ रूपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि बताए । उनले देशभर खटिएका ५० हजारभन्दा बढी स्वयंसेविकाहरूको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए ।

मन्त्री यादवले सरकारले पर्याप्त पुँजी खर्च गर्नसक्ने हो भने चिकित्सकलाई सरकारी अस्पतालमै मात्रै काम गर्ने नीति बनाइदिने भन्दै अहिलेको सरकारले दिने रकमले नपुग्ने अवस्था रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप