आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताएका छन् । बिहीवार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् ।
मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताए । उनले सो निगमलाई संचालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भिर ढंगले छलफल गरिरहेको बताए ।
मन्त्री तामाङले भने, ‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरु भित्रिने छन । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ । नेपाल वायुसेवा निगम भित्र देखिएको अनियमितताबारे छानविन समिति हिजो गठन गरिएको छ । यसमा निजी क्षेत्रलाई समेटने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ ।’
मन्त्री तामाङले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल संचालनका लागि आफूले सक्दो पहल गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै
-
‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो