बिहे गरेर कर्मघरमा भित्रिनासाथ उजाडियो सिउँदो

काठमाडौँ । बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलीको सिउँदो उजाडिएको छ । बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् ।
घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उसरहार गाउँमा अवकाश प्राप्त सैनिक ज्ञान सिंहका छोरा सत्येन्द्रको बिहे थियो ।
मंगलबार जन्तीसहित बेहुलीको घरमा पुगेका सत्येन्द्र बुधबार बेहुली लिएर दिउँसो करिब दुई बजे घर फर्किए । बेहुली भित्र्याउने प्रक्रिया चलिरहेको थियो । बेलुकाका लागि डीजेसहित मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको थियो, जसका लागि बेहुला आफैँले रकमसमेत भुक्तानी गरिसकेका थिए ।
तर यसबिचमै घरको दोस्रो तलामा बेहुला सत्येन्द्र आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे । तत्कालै उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।
प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सत्येन्द्रले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुदूरपश्चिम माओवादीको विवाद नारायणकाजीले गिजोले’
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
सुक्खा पहिरो जाँदा एक मजदुरको मृत्यु
-
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने
-
खेम र संगीताको ‘धेरै नरिसाउँ’ गीतमा पुष्प र सनिशाको अभिनय
-
गुणस्तरीय पानी वितरणका लागि अब क्लोरिनेसन अनिवार्य