आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
छानबिन समिति बैठक

सहकारी छानबिन समितिले गृह मन्त्रालयका सचिव र आईजीपीलाई छलफलका लागि बोलायो

बिहीबार, २० असार २०८१, १७ : ५८
बिहीबार, २० असार २०८१

काठमाडौँ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई छलफलमा बोलाएको छ । देशभरको सङ्कटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सूचनाहरूको जानकारी लिन छलफलमा बोलाइएको नेपाली काङ्ग्रेसका सांसद बद्री पाण्डेले बताए ।  

समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो । आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको  संयोजक सूर्य थापाले जानकारी दिए । 

साथै, समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको उनले बताए ।  ‘भोलिको बैठकमा सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूची रहेको छ’ थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप