आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

वर्षात्को मौसममा ३ घण्टाभन्दा बढी समयसम्म राखेर खाना खान नहुने

बिहीबार, २० असार २०८१, १४ : ४४
बिहीबार, २० असार २०८१

काठमाडौँ । वर्षात्को मौसम सुरु भएको छ । केही ठाउँमा मुसलधारे वर्षा भइरहेको छ भनेकतै हल्का पानी परिरहेको छ । 

वर्षायाम धेरैले रमाइलो मान्छन् । तर स्वास्थ्यका दृष्टिले यो मौसममा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । खानपानमा विशेष ध्यान दिन जरुरी छ । यो मौसममा एक पटक पकाएको खानेकुरा ३ घण्टाभन्दा बढी समयसम्म राखेर खानु हुन्न । 

वर्षायाममा तापक्रम घट्छ र हावामा आर्द्रताको मात्रा बढ्छ । यस्तो खालको वातावरणमा भाइरस, ब्याक्टेरिया र फंगस तीव्र गतिमा बढ्न थाल्छ । यही कारणले गर्दा यो मौसममा मानिसहरूलाई सधैँ ताजा खाना खाने सल्लाह दिइन्छ ।

वर्षायाममा ३ घण्टाभन्दा बढी राखेको खानेकुरा खानु हुँदैन । यो मौसममा धेरै खानेकुराहरू छिट्टै बिग्रन्छ । खानेकुरा बिग्रिएको छ भने हामीलाई थाहा पनि हुँदैन । यस्ता खानेकुरा खाँदा पेटमा संक्रमण फैलिन सक्छ । खाने बिग्रिएला भनेर हामी उब्रिएको खाना फ्रिजमा राखेर खान्छौँ । तर केही डाइटिशियनहरूले वर्षायाममा फ्रिजमा राखिएको खानेकुरा पनि सकेसम्म नखान सल्लाह दिन्छन् । बरु ताजा खानेकुराको खान भनिन्छ । मेटाबोलिजम सुधार गर्न हामीले तातो खाना खानुपर्छ । चिसो खाना स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

यस बाहेक वर्षायाममा खाना पकाउँदा सरसफाइमा पनि ध्यान दिनुपर्छ । तरकारी वा चामल पखाल्दा सफा पानी प्रयोग पर्छ । फलफूल र तरकारीहरू राम्रोसँग धोएर मात्र प्रयोग गर्नुपर्छ । मनतातो पानीमा नुन मिसाएर तरकारी सफा गर्दा पनि फाइदा नै हुन्छ । विज्ञहरूका अनुसार वर्षायाममा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस्तो अवस्थामा रोगको जोखिम बढ्छ । यस्तोमा खाना र पेय पदार्थमा अदुवा, लसुन र कागती अनिवार्य समावेश गर्नुस् । बाहिरको खानाबाट सकेसम्म टाढा रहनुस् अनि स्वस्थ जीवनशैली अपनाउनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप