आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउले मकवानपुरमा मानवीय क्षति बढ्दो

बिहीबार, २० असार २०८१, १४ : ४३
बिहीबार, २० असार २०८१

मकवानपुर । मकवानपुरमा जङ्गली च्याउ खाएर बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा छ । असार महिनामा मात्र मकवानपुरका जङ्गली च्याउ खाएर बिरामी भएका ६ वटा घटना प्रकाशमा आएका छन् ।

बिहीबार जङ्गली च्याउ खाँदा मकवानपुरको भीमफेदीमा ७ जना बिरामी भएकामा एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानका अनुसार नागरिक आफैँ सचेत नहुँदा यस्ता घटना हुने गरेको हो ।

गाउँपालिकाले जङ्गली च्याउ नखान विभिन्न मध्यमबाट सूचित गराए पनि नागरिकहरूले त्यसलाई गम्भीरताका साथ नलिएको उनको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जङ्गली च्याउ खाएर बिरामी हुने घटना ग्रामीण भेगमा बढी हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।

घटना न्यूनीकरणका लागि जनस्वास्थ्य कार्यालयबाट जनचेतनामुलक सूचना प्रचारप्रसार गर्नुको साथै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकासमेत परिचालन गरिएको उनले बताए । मकवानपुरमा असार ३ गते देखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाएर ३ जनाको मृत्यु भएको हो ।

असार लागे यता जङ्गली च्याउ खाएर जिल्लाका २८ जना बिरामी भएका छन् । बिहीबार बिरामी भएका ७ सहित विभिन्न समयमा च्याउ खाएर २८ जना बिरामी भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप