आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिहीबार, २० असार २०८१, १५ : २२
बिहीबार, २० असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार बैठकमा असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमतिमाथि छलफल हुनेछ । असार १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । दलको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने लेखकले बताए ।

असार २३ मा बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कांग्रेस र एमालेको बुझाइ छ ।   तर, प्रधानमन्त्री प्रचण्डले संविधानले दिएको संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप