बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा

बिहीबार, २० असार २०८१, १४ : ०६
बिहीबार, २० असार २०८१

काठमाडौँ  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३ औँ शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरू १४ पुगेका छन् ।

बिरौटामा आज आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५% र पहिलो वर्ष लकर शुल्कमा ५०% छुट उपलब्ध रहेको छ । 

बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित श्री गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरू उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप