कांग्रेस एमाले गठबन्धनले प्रतिक्रान्तिको खतरा बढ्यो : सीपी गजुरेल

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले कांग्रेस र एमालेको पछिल्लो गठबन्धनका कारण प्रतिक्रान्तिको खतरा रहेको बताएका छन् । संविधान संशोधनमार्फत देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको उनले आशङ्का व्यक्त गरे ।
बिहीबार रातोपाटीसँग कुराकानी गर्दै उनले प्रतिगमनतिर कांग्रेस र एमाले गएमा अग्रगमनका पक्षधर क्रान्तिकारी शक्तिहरू मिलेर सङ्घर्ष गर्ने बताए । ‘पछिल्लो सत्ता समीकरणलाई हामीले गम्भीर रूपमा अध्ययन गरिरहेका छौँ । खासगरी यो संविधान नै परिवर्तन गर्ने भनेर उनीहरू आइराखेका छन् । यसले फेरि प्रतिगमनमा जाने हो कि भन्ने खतरा बढाएको छ । प्रतिगमन भयो भने त्यसकाविरुद्ध अग्रगमन पक्षधरसँग मिलेर जान सकिन्छ’, उनले भने ।
गजुरेलले प्रतिगमनविरुद्धको सङ्घर्षमा लाइन स्पष्ट भए प्रचण्डसँग सहकार्य गर्न सकिने गजुरेलले बताए । सत्ता समीकरण फेरबदल पहिले प्रचण्डले प्रयोग गरेको, अहिले ओली र देउवाले प्रयोग गरेकाले उनी पछि परेको उनको बुझाइ छ ।
‘सत्ता समीकरण बदल्न पहिले प्रचण्डजीले प्रयोग गर्नुभयो । अहिले ओली र देउवाले प्रयोग गरे । पछिल्लो सत्ता समीकरण फेरबदल त्यसैको निरन्तरता हो । व्यवस्थाभित्र हुने समीकरण फेरबदलले देश र जनतााई फरक पर्दैन ।’
असार १७ गते ठुला दल कांग्रेस र एमालेबिच सत्ता सहकार्य भएपछि प्रचण्ड सरकार बहिर्गमनको पर्खाइमा रहेको छ । प्रचण्डले पछिल्लो गठबन्धनलाई प्रतिगमनतर्फ जाने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै वामपन्थी क्रान्तिकारी शक्तिहरूसँग मिलेर सङ्घर्ष गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान