आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
समाचार

बाँकेमा गोली चल्यो

बिहीबार, २० असार २०८१, १३ : ५२
बिहीबार, २० असार २०८१

बाँके । बाँके प्रहरीले  डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा  फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । घटना बिहीबार बिहान साढे ८ बजेतिरको भएको बताइएको छ ।  

उनलाई नियन्त्रणमा लिएर प्रहरी पुग्दा स्थानीयवासीले अवरोध पुर्‍याएपछि ३ राउण्ड गोली चलाइएकोप्रहरीको भनाइ छ । 

सो क्रममा एक स्थानीयको खुट्टामा गोली लागेको बताइएको छ । यस्तै झडपमा एक प्रहरी समेत घाइते भएका छन् । यस्तै फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि घुँडामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप