शाहबाज सरिफ र पुटिनबिच भेटघाट

अस्ताना । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा पुगेका थिए । सोही क्रममा दुईबीच भेटघाट भएको हो ।
‘मेरो अनुरोधमा धेरै क्षेत्रमा सहयोग गर्न तपाईं तयार हुनुभयो । हामीले तेल क्षेत्रमा सहयोग बढायौँ, तपाईंले हामीलाई तेल पठाउनुभयो । हामी त्यसका लागि आभारी छौँ,’ उक्त भेटमा शाहबाज सरिफले पुटिनलाई भनेका थिए ।
दुई देशबिचको सम्बन्धले अरू कुनै देशसँगको सम्बन्धलाई असर नगर्ने पनि उनले बताए । ‘पाकिस्तानसँग तपाईंको देशको पुरानो व्यापारिक सम्बन्ध छ । आपसी व्यापारलाई अगाडि बढाउन, नवीकरण गर्न यो सही समय हो । यो पाकिस्तानका लागि पनि फाइदाजनक हुनेछ । यसले हामी कयौँ समस्याबाट उब्रिन सक्नेछौँ,’ उनले भने थिए ।
भेटमा पारस्परिक हितका धेरै क्षेत्रमा द्विपक्षीय सहयोग बारेमा कुरा गरेको भेटपछि शाहबाज सरिफले इन्स्टाग्राममा एउटा पोस्टमा लेखेका छन् । आफूहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’
-
ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
-
भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण