गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

काठमाडौँ । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो ।
उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ। यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दाहेर्दै राखिएको थियो । यसैगरी बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दाहेर्दै भएकाले हिजो स्थगित गरिएको थियो ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
रिटमा केही समय अघि महान्यायाधिवक्ता क्लिन चिटको अर्थ लाग्नेगरी कतै पनि अभियोग र अनुसन्धान नभएको भनी दिएको पत्र पनि बदर गर्न माग गरिएको छ। उक्त रिटमा असार ७ गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]
-
विदेशी लगानी खुला गर्नेदेखि ५ वर्ष वृद्धभत्ता नबढाउन खनाल आयोगको सुझाव, कार्यान्वयन कति सम्भव ?