संसदीय सुनुवाइ समिति बैठक
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित
बिहीबार, २० असार २०८१, १७ : ००

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ ।
संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अहिलेका लागि सिफारिसिबारे विचार विमर्शका लागि थप समय चाहिने देखिएको ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
उनले अब कहिले सुनुवाइ हुने भन्ने टुङ्गो नलागेको पनि बताए । ‘अहिलेका लागि विचार विमर्शका लागि थप समय चाहिने भएकाले सुनुवाइ स्थगित भएको छ’, उनले भने, ‘थप समय लिने भन्ने निर्णय बैठकले गरेको छ । कति समय भन्नेचाहिँ छैन ।’
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधान आयुक्तमा सिफारिस भएका थिए । तर, उनको सिफारिस विवादमा तानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?