आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

हुन्डाईको कोना अब शून्य प्रतिशत ब्याजदरमा

बिहीबार, २० असार २०८१, १३ : १४
बिहीबार, २० असार २०८१

काठमाडौँ । नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना को खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा ‘जिरो इमिसन, जिरो इन्ट्रेस्ट रेट’  योजना ग्राहक माझ सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्ष को लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्। 

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएल को मूल्य रु. ५९,९६,००० र जीएलएस भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ । 

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिङ्गल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठुलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप