बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बचत पत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सार्वजनिक आह्वान गरेको छ । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैङ्कमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै राष्ट्र बैङ्कले सार्वजनिक सूचना गरेको हो ।
बिहीबार सूचना प्रकाशित गर्दै राष्ट्र बैङ्कले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।
केन्द्रीय बैङ्कले सरकारी ऋणपत्र तथा बचत पत्र जारी गर्दै सरकारका लागि आन्तरिक ऋण उठाउने गर्छ । तथापि, पछिल्लो समय यस्तो ऋण उठाउने र भुक्तानी गर्ने जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई सुम्पिएको छ । यसअघिको असुली तथा भुक्तानीको बाँकी दायित्व राष्ट्र बैङ्कले पुरा गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाममा चट्याङ र हावाहुरीले भौतिक संरचना र पशुचौपायामा क्षति
-
रुझायो शनिबारको झरीले, तस्बिरहरू
-
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य