आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

‘आउटल : दफा २१९’मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन ?

बिहीबार, २० असार २०८१, १२ : ०७
बिहीबार, २० असार २०८१

काठमाडौँ । केही अगाडि फस्टलुक सार्वजनिक गरिएको फिल्म ‘आउटल : दफा २१९’ अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका छ । केही दिनमै टिजर ल्याउने तयारी गरिएको फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

यसैबिच, निर्माणपक्षले फिल्म भित्रको सुशीलको केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिएका छन् । यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतुहलता जगाएको छ । फिल्मको छायाङ्कन त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै भएको छ । 

अमित अग्रहरीको निर्माणमा तयार भएको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय देख्न सकिनेछ । 

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् । नवीन गुरुङको डीओपी रहेको यो फिल्ममा  साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ । 

IMG_5786

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप