आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

वर्ड फ्लुका कारण अस्ट्रेलियामा म्याकडोनाल्ड्सले घटायो ‘ब्रेकफास्ट’ समय

बिहीबार, २० असार २०८१, १२ : ०४
बिहीबार, २० असार २०८१

 अस्ट्रेलियामा अमेरिकी फास्टफुड चेन कम्पनी म्याकडोनाल्ड्सले ब्रेकफास्ट समय घटाएको छ । वर्ड फ्लुका कारण झन्डै १५ लाख वटा कुखुरा नष्ट गर्नु परेपछि देशभरमा अन्डाको चरम अभाव उत्पन्न भएको छ । यस्तोमा कम्पनीले पनि ब्रेकफास्ट सर्भ गर्ने समय ९० मिनेटले घटाएको हो ।

कम्पनीले मंगलबारदेखि लागू हुने गरी बिहान १०ः३० बजेपछि आफ्ना आउटलेटमा आएका ग्राहकहरूलाई ब्रेकफास्ट दिन बन्द गर्नेछ ।

सकेसम्म छिटै स्थिति सामान्य बनाउन आफूहरू स्थानीय कुखुरा पालक र आपूर्तिकर्ताहरूसँग मिलेर काम गरिरहेको फेसबुकमा एउटा पोस्टमा कम्पनीले भनेको छ । यतिबेला अस्ट्रेलिया निकै सङ्क्रामक वर्ड फ्लुको चपेटामा परेको छ । दक्षिण पूर्वी अस्ट्रेलियाका ११ ओटा कुखुरा फारममा वर्ड फ्लुका कयौँ प्रकार देखिएको र यीमध्ये अधिकांश फारम लेयर्स कुखुराको भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप