आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

बिहीबार, २० असार २०८१, १० : ५४
बिहीबार, २० असार २०८१

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदै छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा दुई जना कानुन व्यवसायीले जवाफी बहस सकेपछि फैसला सुनाइने भएको हो। 

यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दा हेर्दैमा राखिएको थियो ।  रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दा हेर्दै राखिएको थियो ।  

बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दा हेर्दै भएकाले हिजो स्थगित गरिएको थियो । 

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए । रिटमा केही समय अघि महान्यायाधिवक्ता क्लिन चिटको अर्थ लाग्ने गरी कतै पनि अभियोग र अनुसन्धान नभएको भनी दिएको पत्र पनि बदर गर्न माग गरिएको छ। 

उक्त रिटमा असार ७ गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो । हेर्दा हेर्दै रहेको उक्त मुद्दामा आज बहस सकेर फैसला सुनाउने भनिएपछि बहस नै बाँकी रहेपछि हेर्दा हेर्दै राखिएको हो । आज दुई जना रिट निवेदकका कानुन व्यवसायीको जवाफी बहस सुनेर फैसला सुनाउने सर्वोच्चको तयारी छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप