आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
निर्वाचन प्रक्रिया

एकीकृत समाजवादीको महाधिवेशन : मतदाता नामावली प्रकाशित

बिहीबार, २० असार २०८१, १० : २५
बिहीबार, २० असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो । 

महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेस भएका थिए । 

ती प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भएको थियो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधवार सबै प्रतिवेदन पारित भएका थिए । 

दस्ताबेजहरू पारित भएसँगै नेतृत्व छनोटका लागि केन्द्रीय निर्वाचन कमिटीले बिहीबार बिहान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । 

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्षमा नेता माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालबिच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि नेताहरूबिच सहमतिको प्रयास पनि जारी छ ।

२१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप