आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

आयुक्तको घरको पर्खाल भत्काएपछि पुरानो मुद्दामा ललितपुरका मेयरलाई अख्तियारको पत्र

बिहीबार, २० असार २०८१, १५ : २३
बिहीबार, २० असार २०८१

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बयानका लागि पत्र काटेको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको उजुरीमा बयान दिन भन्दै अख्तियारले पत्र पठाएको हो । 

मेयर महर्जनले पनि अख्तियारबाट पत्र आएको स्वीकार गरे । मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउनु भनी पत्रमा भनिएको छ । ‘अख्तियारले अघिल्लो कार्यकालमा वितरण गरेको रकममा अनियमितता देखिएको भनी पत्र लेखेको छ । अख्तियारले नै बोलाएपछि जवाफ दिन जान पर्ला ’ मेयरले भने ‘ दुरुपयोग गरी अनियमितता गरेको छैन । जवाफ दिएर आउँछु ।’ 

सबै कुरा सार्वजनिक सञ्चार माध्यममा आइसकेको उनले बताए । उनी दोस्रो पटक नेपाली कांग्रेसबाट मेयरको रूपमा निर्वाचित भएका थिए ।  

२०७७ सालमा धापाखेलमा बाढी पहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको अख्तियारको पत्रमा उल्लेख छ। बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो।

के थियो पर्खाल विवाद:

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो ललितपुर महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको थियो । डा सुमित्रा अमात्य र डा दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेका थिए । 

2658eaef-f9ff-409d-868d-ccf92ae9b1a2

घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएको र त्यस क्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप पछि महानगरले डोजर लगाएको महानगरको दाबी छ । स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएकाले आफै उपस्थित भएर डोजर लगाएको मेयर महर्जन आफैले पनि स्वीकार गरेका छन् । 

त्यो ठाउँमा सहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको थियो । स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी सहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भनी महानगरमा उजुरी परेको थियो ।

563b35b2-d9bf-477f-bde5-1ba374567c2d

ललितपुरका मेयर महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको बताए ।

chiribabu1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप