आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

एम्सपछि फेरि अपोलोमा भर्ना भए लालकृष्ण आडवाणी

बिहीबार, २० असार २०८१, १० : १३
बिहीबार, २० असार २०८१

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आडवाणी फेरि अस्पताल भर्ना भएका छन् । बुधबार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको अपोलो अस्पतालमा भर्ना गरिएको छ । 

उनको अवस्था अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको अस्पतालले बताएको छ । अपोलोका वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा. विनीत सुरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

यसअघि गत बुधबार उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो । आडवाणी कुन रोगबाट ग्रसित छन् भन्नेबारेमा केही खुलाइएको छैन । लालकृष्ण आडवाणीलाई ३० मार्च २०२४ मा भारत रत्न प्रदान गरिएको थियो ।

राष्ट्रपति द्रौपदी मुर्मु आडवाणीको निवासमा पुगेर उनलाई यो सम्मान प्रदान गरेकी थिइन् । आडवाणी सन् १९९८ देखि २००४ सम्म वाजपेयी सरकारमा गृहमन्त्री र २००२ देखि २००४ सम्म उपप्रधानमन्त्री थिए । उनी २००९ को आम चुनावमा बीजेपीको प्रधानमन्त्री पदका उम्मेदवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप