आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बिहारमा एकै दिन पाँचवटा पुल भत्किए

बिहीबार, २० असार २०८१, ०९ : ५०
बिहीबार, २० असार २०८१

पटना । भारतको बिहार राज्यमा बुधबार एकै दिन पाँच वटा पुल भत्किएका छन् । यीमध्ये दुई ओटा पुल सिवान जिल्लाको छाडी नदीमा बनेका थिए । 

यो नदीमा अर्को एउटा पुलसम्म पुग्ने सडक बाढीले बगाएकोले त्यो पुल पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । बुधवार राज्यको सारण जिल्लामा गण्डकी नदीमा बनेको दुई ओटा पुल ढलेका थिए । 

सात सय मिटर दूरीमा रहेका दुई पुल एकै दिन ढलेका हुन् । बिहारमा नयाँ र निर्माणाधीन पुल ढल्ने क्रम जारी छ । राज्यमा गएको १५ दिनमा नयाँ र पुराना गरेर १० भन्दा धेरै पुल भत्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप