आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सङ्घीय नमुना युवा संसद् अभ्यास सुरु

बिहीबार, २० असार २०८१, ०९ : ४४
बिहीबार, २० असार २०८१

भक्तपुर। राष्ट्रिय युवा परिषदद्वारा युवाहरूलाई नीति निर्माण तहदेखि  कार्यान्वयन तहसम्म सहभागी गराउन उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको सङ्घीय नमुना युवा संसद् अभ्यास-२०८१ सुरु भएको छ। चार दिनसम्म चल्ने अभ्यासमा  स्थानीय तह, प्रदेश तह हुँदै देशभरबाट छानिएका १६ देखि ४० वर्ष उमेर समूहका ९० युवा सहभागी छन्।

कार्यक्रमको पहिलो दिन काङ्ग्रेस महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले 'लोकतन्त्र र लोकतान्त्रिक संस्कृति'  विषयमा सहजिकरण गरेका थिए। शर्माले युवाहरुले लोकतन्त्रलाई आचरण र जीवन पद्धतिका रुपमा अवलम्बन गर्नुपर्ने बताए। शर्माले भने–'लोकतन्त्र भनेको अधिकार हो र लोकतान्त्रिक संस्कृति भनेको उक्त अधिकार प्रयोग गर्दा निर्वाह गर्नुपर्ने कर्तव्य हो।' 

यसैगरी 'युवा जीवन र मार्गदर्शन' विषयमा राष्ट्रिय युवा परिषद्का पूर्व कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेले सहजिकरण गरेका थिए। ढुङ्गेलले युवाहरूलाई उद्यमशीलतामा नजोडिईकन सबलीकरण गर्न नसकिने बताए। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म सरिक गराउनुपर्नेमा जोड दिएका थिए।

चार दिनसम्म चल्ने नमुना युवा संसद् अभ्यासमा युवाहरूलाई मुलुकको संसदीय प्रणाली, कानुन निर्माण प्रक्रिया, लोकतान्त्रिक मुल्यवोध, संवैधानिक अन्तर्वस्तु  शासकीय प्रबन्ध र नेतृत्व विकास विविध आयाममा प्रशिक्षण गराइने उपाध्यक्ष बस्नेतले बताए। अभ्यासको अन्तिम दिन सभामुख देवराज घिमिरेले नमुना संसद्को अवलोकन गर्ने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप