शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई भेट्न रास्वपा मन्त्रीहरू बालुवाटारमा

बिहीबार, २० असार २०८१, ०८ : ३४
बिहीबार, २० असार २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका  नेताहरू बालुवाटार पुगेका हुन् । 

पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायतका नेताहरू प्रधानमन्त्रीसँगको परामर्शमा जुटेका हुन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र प्रधानमन्त्रीको धारणापछि  राजीनामा बुझाउने उनीहरूको तयारी छ । 

'हामी राजीनामा दिन तयार छौँ । तर विकसित घटनाक्रमबारे प्रधानमन्त्रीसँग परामर्श गर्नुपर्‍यो । उहाँका कुरा सुनेपछि हामी आफ्नो ढङ्गबाट अघि बढ्छौँ'- उपसभापति अर्यालले भने । 

सरकारमा रास्वपाका तर्फबाट  सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप