शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरद्वारा डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

बुधबार, १९ असार २०८१, २२ : ०९
बुधबार, १९ असार २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो ।

अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकार भएकाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिए ।

उनका अनुसार टायरमा जमेको पानी, स्थिर रूपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसी पछाडिको पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्छ । डा यादवले डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर महानगरपालिकामा डेङुको सङ्क्रमण फैलिन नदिन ‘खोज र नष्ट अभियान’ लाई तीव्रता दिएको विराटनगर बताए । १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेङ्गु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप