पूर्वसांसद इच्छाराज तामाङविरुद्ध दोस्रो मुद्दा दर्ता

काठमाडौँ । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीको अभियोगमा व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङ र उनका आफन्त केशवलाल श्रेष्ठविरुद्ध दोस्रो मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरुविरुद्व ५ अर्ब बिगो दाबी गर्दै बुधवार अभियोग पत्र दायर गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदनको आधारमा नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौँले जनाएको छ।
सहकारी ठगीमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेका केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। तामाङविरुद्ध २०७८ सालदेखि ठगी गरेको भन्दै यसअघि मुद्दा दायर गरिएको थियो। उक्त मुद्दा जिल्ला अदालतमा विचाराधीन नै रहेको छ।
सोही मुद्दामा न्यायाधीशलाई घुस दिन खोजेको भनी विवाद पनि भएको थियो। उनी नेकपा एमालेबाट सांसद समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन