शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ

बुधबार, १९ असार २०८१, २० : ५५
बुधबार, १९ असार २०८१

काठमाडौँ । सुकेधारास्थित आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर बस्ने उप्रेतीलाई प्रहरीले बुधबार बिहान बालाजुबाट पक्राउ गरेको हो । उनीविरुद्ध ६५ जनाभन्दा बढीले १० करोडभन्दा बढी रकम अपचलन गरेको भन्दै जाहेरी दिएका थिए । 

फक्रापछि उप्रेतीलाई महाराजगञ्ज प्रहरीवृतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप