माफियाहरुलाई गृहमन्त्री रवि र श्रममन्त्री आर्यालले नै संरक्षण गरिरहेका छन्ः साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले विगत १८ दिनदेखि काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिईरहेको छ । आईटी आर्मीले उठाउँदै आएको माग सम्बोधन गर्नुको साटो सरकार ठगहरुलाई संरक्षण गरिरहेको आरोप आन्दोलनकारीले लगाएका छन् ।
आजपाका महासचिव त्रिभुवन साहले वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुको साटो उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले ठग एवं माफियालाई संरक्षण दिईरहेको आरोप लगाए ।
‘विदेशमा काम गर्न जाने युवाहरुसंग खुलेआम विना रसिद लाखौं रकम लिने ठग तथा माफियाहरुलाई सरकारले संरक्षण गरेको छ । वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुको साटो गृहमन्त्री रवि लामिाछाने र श्रममन्त्री डिपी अर्यालयले ठग र माफियाहरुलाई संरक्षण दिइरहेका छन’ साहले भने, ‘जनताले नयाँ तथा युवालाई सांसद बनायो । उहाँहरु सरकारमा जिम्म्मेवार मन्त्रालय पनि पाउँनुभयो । तर वैदेशिक रोजगारका पीडितलाई न्याय दिनु भन्दा उहाँहरु सुन्दै नसुन्ने कारण लाखौं युवा अहिले पीडित छन् ।’
वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेकी आईटी आर्मीका महिला नेतृ मिनादेवी साहले बिदेश जाने युवाहरुसँग बिना रसीद मोटो रकम ठगी गर्नेलाई कारवाही गर्नुको सट्टा सरकारले उल्टै आन्दोलनलाई दबाउन खोजेको बताइन् ।
आजपा महिला नेतृ रन्जु साहले वैदेशिक रोजगार क्षेत्रका भ्रष्ट अधिकारी तथा ठग मेनपावर र ऐजेंटलाई सरकारकै संरक्षण रहेको आरोप लगाइन् ।
यस्तै युवा नेता चन्द्रिकालाल साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको बताए ।
आईटी आर्मीका नेता राजनिश प्रसाद कुशवाहाले वैदेशिक रोजगारको क्षेत्रमा जताततै मनोमानी भईरहेकाले सर्वसधारण पीडित बनेको बताए ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्नेलगायत माग राखेर आन्दोलन जारी राखिएको हो ।
बेरोजगारको खुलेआम व्यापार भईरहेको तर वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा राजस्व बढाउन गठित अध्ययन समितिले थाल्यो काम
-
बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
पाकिस्तानमा ‘हाइज्याक’ भएको रेलबाट सयभन्दा धेरै यात्रुको उद्धार
-
इन्डियन प्रिमियर लिग क्रिकेटको सुरुवाती चरणको खेलमा देखिने छैनन् यी चर्चित खेलाडी
-
शान्तिश्रीको ‘नगर मायाले मुख छुच्चो’मा विक्रम र जुनाको अभिनय
-
‘मितज्यू’बाट फिल्म अभिनयमा डेब्यु गर्दै तेरिया