शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

निजी निवासको सरसफाइ गराउँदै प्रधानमन्त्री प्रचण्ड

बुधबार, १९ असार २०८१, १९ : ३२
बुधबार, १९ असार २०८१

काठमाडौँ । पदच्युत हुने निश्चित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवासको सरसफाइका लागि कर्मचारी खटाएका छन् ।

उनको खुमलटारस्थित निवासमा अहिले सरसफाइ चलिरहेको प्रचण्ड निकटस्थले रातोपाटीलाई जानकारी दिएका छन् ।

करिब १८ महिना सरकारी निवास बालुवाटार बसेका प्रचण्ड छिट्टै  खुमलटार सर्नु पर्ने बाध्यतामा छन् ।

सरकारमा सहभागी एमाले मन्त्रीहरूले आजै राजीनामा दिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप