शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
राजनीति

ओलीले बोलाएपछि एमाले मन्त्रीहरूलाई बालकोटमा

बुधबार, १९ असार २०८१, १८ : ५३
बुधबार, १९ असार २०८१

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । सत्ता समीकरण फेरबदल भएपछि एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीलाई अध्यक्ष ओलीले बालकोट बोलाएको कृषिमन्त्री ज्वाला कुमारी साहले रातोपाटीलाई बताइन् । 

‘अध्यक्षज्यूले बालकोट बोलाउनुभएको छ । किन बोलाउनु भएको केही थाहा छैन । त्यही पुगेपछि थाहा होला । अहिले हामी जाँदैछौ’, मन्त्री साहले भनिन् । 

असार १७ गते राति नेपाली कांग्रेस र एमालेबिच सहमति भएपछि ओली प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने तर संसदमा विश्वासको मत लिने अडानमा छन् । मंगलबार बसेको एमालेको सचिवालय बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप