शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ

बुधबार, १९ असार २०८१, १७ : ४८
बुधबार, १९ असार २०८१

काठमाडौँ । वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले म्याग्दी घर ललितपुर बस्ने ३१ वर्षीय दीपक श्रीसलाई पक्राउ गरेको हो ।

श्रीसलाई मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरी बुधबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । 

बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको पीडितहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका श्रीसलाई वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जनाएको छ ।               
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप