शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

४ करोड ३७ लाख मूल्य बराबरको कोकिन बरामद, २ जना विदेशी पक्राउ

बुधबार, १९ असार २०८१, १७ : २७
बुधबार, १९ असार २०८१

काठमाडौँ । १ किलो २४७ ग्राम लागु औषध कोकिनसहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तान्जानियन नागरिक बर्ष ४६ का RAMADHANI SIMBA MWABUMBA र बर्ष ५२ का TWALIB KIPEVU PASHUA रहेका छन् । उनीहरुलाई राजधानीको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको लागु 
औषध नियन्त्रण ब्युरोले जनाएको छ । 

 प्लाष्‍टिक कोटेड कोकिनका क्याप्सुलहरु निजहरुले Ethopia को Addis Ababa पुगी निलेर काठमाडौँ आएको अनुसन्धानको क्रममा खुल्न आएको ब्युरोले जनाएको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु. ४ करोड ३७ लाख रहेको ब्युरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप