समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता होः नेता केसी

धनुषा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधन आवश्यक भएको बताएका छन् ।
बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले ०७२ सालमा जारी भएको संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको भन्दै सो संविधान असफल भयो भने दुर्भाग्यपूर्ण अवस्था आउने बताए ।
उनले दुर्भाग्यपूर्ण स्थिति आउन नदिन संविधान संशोधन गर्ने र निकास दिनेतिर सोच्नुपर्ने आवश्यकता रहेको बताए । केसीले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको पछिल्लो सहमतीले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताए । उनले आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामुहिक मिसनको रुपमा लिएर जानुपर्ने बताए ।
नेता केसीले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै गर्दा संसदको प्रतिपक्ष भुमिका कमजोर हुनसक्ने प्रश्न उठ्ने भन्दै प्रतिपक्षी दलहरुले प्रतिपक्षको सशक्त हैसियतलाई जिवन्त राख्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
तस्बिरमा हेर्नुहोस् सिन्दूर खेलेर मनाइने सुथसिया जात्राको रौनक
-
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा
-
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
-
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ