शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबलको सरुवा

बुधबार, १९ असार २०८१, १७ : ०५
बुधबार, १९ असार २०८१

नयाँदिल्ली । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतलाई चन्दीगढ विमानस्थलमा थप्पड हान्ने महिला सीआईएसएफ कन्ष्टेबल कुलबिन्दर कौरको सरुवा भएको छ । जानकारीअनुसार महिलाको साथमा उनका पतिकाे पनि सरुवा भएको बताइएको छ । 

विमानस्थलमा कंगनालाई थप्पड हानेपछि ती महिला निलम्बनमा परेकी थिइन् । अहिले आएर उनको निलम्बन फुकुवा गरेर जागिरमा बहाल गरिएको छ । तर कौरलाई बैंगलुरु सरुवा गरिएको बताइएको छ । कंगनालाई थप्पड हानेपछि सीआईएसएफ कन्ष्टेबलको एउटा भिडियो आएको थियो । 

त्यसमा उसले थप्पड हान्नुको कारण बताएकी थिइन् । कंगनाले सय/सय रुपैयाँ लिँदै किसान आन्दोलनमा महिलाहरू बसेका छन् भन्ने अभिव्यक्ति दिएको समयमा आफ्नी आमा पनि आन्दोलनमा जाने गरेको ती महिलाको भनाइ थियो ।  लोकसभा निर्वाचनमा कंगना निर्वाचित भएलगत्तै थप्पड काण्ड भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप