रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरेको सांसद बस्नेतको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् ।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभइ फाइल भए खोल्न आग्रह गरे । उनले लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरिरहेको आरोप लगाए ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगराँै । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन् ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र ठेकेदारको विवादले एसटीसी होलसेल मार्केटका व्यापारी मारमा
-
धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
वनगाउँका एकसय घर तरकारी खेतीमा
-
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा, कस्ता छन् चुनौती ?